अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टकाे दोस्रो पारीमा भारतले २ सय १५ रन बनायो

 

  भदौ १२, २०७८ शनिबार

 

काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनाएको छ ।

३ सय ५४ रनले पछि परेको भारतका लागि रोहित शर्माले ५९ रन बनाए भने स्तरीय ब्याटिङ गर्दै चेतेश्वर पुजाराको अविजित ९१ तथा कप्तान विराट कोहलीको ४५ रनले भारत खेलमा सम्हालिएको हो ।

तर, तेस्रो दिनको समाप्तिसम्ममा भारत अझै १ सय ३९ रनले पछि परेको छ । इङ्ग्ल्यान्डले पहिलो पारीमा चार सय ३२ रन बनाएको थियो । इङ्ग्ल्यान्डका कप्तान जोय रुटले शतक बनाएका छन् । यो श्रृङ्खलामा रुटले लगातार तेस्रो शतक बनाएका हुन् ।

पहिलो पारीमा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । पाँच खेलको श्रृङ्खलामा भारत १–० ले अघि छ । वर्षाले प्रभावित भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...