समाचार
सहमति पछि कांग्रेस जिल्ला सभापतिहरूले अनशन तोडे, अब महाधिवेशनमा केन्द्रित हुने
भदौ १३,
कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले केन्द्रीय कार्यालय सानेपामा पुगेर माग सम्बोधन गर्ने सहमति गरेपछि अनशन तोडिएको हो । संस्थापन पक्षले मनोमानी ढङ्गले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरू अनशनमा थिए ।
सहमतिसँगै क्रियाशील सदस्यता विवाद टुङ्गिएको र अब १४ औँ महाधिवेशनमा केन्द्रित हुने जिल्ला सभापतिहरूले बताएका छन् । यस्तै विवाद समाधान भएसँगै आउँदो १८ गतेदेखि हुने भनिएको पालिकास्तरीय अधिवेशन हुने पनि निश्चित भएको छ ।
वडाले क्षेत्रीय प्रतिनिधि चयन गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका मतदाता चयन गर्ने भएकाले पालिकास्तरीय अधिवेशनमा केन्द्रीय नेताहरुकै चासो धेरै छ । यस्तै, कांग्रेसले भोलिसम्ममा ७७ वटै जिल्लाकै क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।