अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

हैजा खोपको क्लिनिकल परीक्षणका लागि बाँकी प्रक्रिया अघि बढ्यो

 

 

  भदौ १३,

 

काठमाण्डाै - हैजा खोपको क्लिनिकल परीक्षणका लागि आवश्यक बाँकी प्रक्रिया अगाडि बढेको छ । चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिन नेपालमा परीक्षण हुन लागेको हो ।

 

आवश्यक कानुनी प्रक्रिया पूरा गरी कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । झण्डै तीन हजार स्वंयसेवकमा खोप परिक्षण गर्ने तयारी छ।

स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको थियो । यो खोप सङ्क्रामक रोगबाट सुरक्षित बनाउन विकास गरिएको नयाँ प्रविधिको खोप रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डाक्टर प्रदीप ज्ञवालीले बताउनुभयो ।

शरीरका कोषलाई भाइरस वा जीवाणुसँग लड्न आवश्यक रोग प्रतिरोधात्मक क्षमता विकास गर्न प्रोटिन बनाउने उहाँको भनाइ छ । नेपाल हैजाको उच्च जोखिममा रहेको छ । सरकारले सन् २०२२ सम्म हैजा नियन्त्रण गर्ने नीति लिएको छ ।

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...