अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

अमेरिकाद्वारा अफगानिस्तानबाट एकैदिन ६८ सय नागरिकको उद्धार

 

 

  भदौ १३ काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट एकैदिन ६ हजार ८ सय नागरिकको उद्धार गरेको छ । अफगानिस्तान छाड्न चाहने थप ६ हजार ८ सय नागरिकको उद्धार गरेको बीबीसी जनाएको छ ।

योसँगै अमेरिकाले अफगानिस्तानबाट उद्धार गर्नेहरुको सङ्ख्या झण्डै एक लाख १२ हजार पुगेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका छन् । अमेरिकी र अरु विभिन्न देशका विमानले उद्धारको काम गर्दै आएका छन् ।

तालिबानले यही अगस्ट ३१ सम्म आफ्ना सैनिक निकाल्न अमेरिकालाई भनिरहेको छ । अमेरिकाले उद्धारको काम तीव्र बनाएको हो । अफगानिस्तान छोड्न चाहनेको भीडभाडकै बीच गएको बिहीवार विमानस्थल नजिकै बम विस्फोट भएको थियो ।

लगत्तै अमेरिकाले गरेको ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएको अमेरिकी सैन्य बललाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...