अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आज दिउँसाे सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

news

 

 

  भदौ १५,काठमाण्डाै - आज दिउँसाे सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

राति भने वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसमविद् सजिना शाक्यले  बताउनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले  पानी परेको छैन ।

तर, दिउँसाे पछि पानी पर्न सक्ने उहाँले बताउनुभयो । केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको छ ।  तर, लगातार झरी नपरे पनि पानी पर्ने सम्भावना भने रहेको शाक्यले बताउनुभयो ।

मौसमविद्का अनुसार देशका धेरै ठाउँमा आज पनि हल्कादेखि मध्यमखालको वर्षा हुनेछ । पानी पर्न केही कम भए पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...