अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

नयाँ पार्टीमा नलाग्न प्रदेश सभा र पालिकाका जनप्रतिनिधिलाई एमालेको आग्रह

news

 

  भदौ २१, काठमाण्डाै - नेकपा एमालेले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति निकालेर सूर्य चिह्नबाट निर्वाचित प्रदेश सभा र पालिकाका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गर्नुभएको हो।

 

‘विभाजनको लागि जानीजानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले) मा ठूलो विभाजन होस् भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधिभित्र एमालेका प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई हामीबाट चोइटिएर बनेको पार्टीमा लाग्नको लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलापहरु गरिरहेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

एमालेले आफ्नो आन्तरिक मामिलामा आँखा नलगाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी पनि दिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...