अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

यसपालि पनि सर्वोत्कृष्ट कर्मचारी छनाेट हुन सकेन, उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक

 

 

  भदौ २२,काठमाण्डाै व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको छ ।

१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।  तर, गएको वर्ष जस्तै यसपालि पनि सरकारले सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।

सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।  निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...