अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

दार्चुला घटना : नेपालले बल्ल भारतलाई औपचारिक कुटनीतिक पत्र पठायो, दोषीलाई कारबाही गर्न माग

 

  भदौ २२, काठमाण्डाै - चौतर्फी दबाब बढेपछि अन्तत नेपालले दार्चुला घटनाका विषयमा भारतलाई औपचारिक कुटनीतिक पत्र पठाएर ध्यानाकर्षण गराएको छ । गृह मन्त्रालयको छानबिनका आधारमा परराष्ट्र मन्त्रालयले भारतलाई कुटनीतिक पत्र पठाएको हो ।

पत्रमा घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीका परिवारलाई उचित राहत दिन भनिएको छ । गएको साउन १५ गते महाकाली नदीको तुइनमा नेपालबाट भारततर्फ जाँदै गर्दा दार्चुलाका जयसिंह धामी तुइनबाट खसेर बेपत्ता हुनु भएको थियो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले साउन १७ गते समिति बनाएको थियो । छानबिनका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को घटनामा संलग्नता भएको प्रत्यक्षदर्शीले बताएका थिए ।  तर, छानबिन प्रतिवेदन आइसकेपछि पनि भारतसमक्ष औपचारिक रुपमा पत्र पठाउन आनाकानी भइरहेको थियो ।

यस्तै, नेपालले दार्चुला क्षेत्रको नेपाली आकाशमा अनुमति नलिकन हेलिकोप्टर उडाएको विषयमा पनि भारतलाई पत्र पठाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...