अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

news

 

 

  भदौ २३, काठमाण्डाै – तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो ।

अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ । त्यस्तै उप-प्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी हुनुहुन्थ्याे ।

निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुने र अरु बाँकी मन्त्री एक/दुई दिनमा चयन गर्ने तयारी भैरहेको तालिबान समूहले जनाएको छ । मन्त्रिपरिषद् गठनलाई तालिबान सरकार स्थापनाको महत्त्वपूर्ण कदमका रुपमा हेरिएको छ । साथै तालिबान सरकारको मुख्य प्राथमिकता देशको अर्थतन्त्रलाई स्थिर बनाउने, अन्तर्राष्ट्रिय मान्यता खोज्ने र बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नुपर्ने हुनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...