अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले दुई गोल गरे

news

 

 

  भदौ २६,काठमाण्डौ - म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा न्युक्यासललाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४-१ ले हरायो ।  

युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रोनाल्डोले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा र ६२ औँ मिनेटमा गोल गरे । त्यस्तै ब्रुनो फर्नान्डेजले खेलको ८० र जेसे लिङगार्डले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे  ।

न्युक्यासलका लागि जेभियर मनकुइलोले खेलको ५६ औँ मिनेटमा सान्त्वना गोल गरे ।

यो जितसँगै युनाइटेड चार खेलमा १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ भने न्युक्यासल समान खेलमा एक अङ्कसहित १९ औँ स्थानमा छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...