अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

रसुवा : गोसाइँकुण्डमा इटलीबाट ल्याएर रोपिएका स्याउले उत्पादन दिन थाल्यो

news

 

 

  भदौ २७, रसुवा - रसुवाको  गोसाइँकुण्ड गाउँपालिका–५ ब्राबलमा गएकाे वर्ष रोपिएको चार जातका स्याउले उत्पादन दिन थालेको छ ।

एक वर्ष अगाडि इटलीबाट ल्याएर रोपिएको स्याउले उत्पादन दिन सुरु गरेको कृषक काल्साङ तामाङले बताउनुभयो । गएकाे वर्ष यस क्षेत्रमा फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रिन्सका ११ हजार ७ सय बिरुवा रोपिएको थियो ।

सुरुमा ७९ लाख रुपैयाँको लगानीमा स्याउ खेती सुरु गरिएको उहाँले बताउनुभयो । वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५० प्रतिशत आर्थिक अनुदान सहयोगमा स्याउको बिरुवा ल्याएर स्याउ खेती गरिएकोे हो ।

तामाङले २० वर्षका लागि १६ जनाको नाममा रहेको करिब २४१ रोपनी क्षेत्रफलको जग्गा लिजमा लिएर स्याउ खेती गरिरहेका छन् । जसमा फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रिन्स गरी ४ जातका ११ हजार स्याउको बिरुवा लगाइएको छ । यस वर्ष स्याउले उत्पादन दिन सुरु गरे पनि बिरुवा पूर्ण विकसित नभइसकेका कारण बोटले थेग्न नसक्ने हुँदा पहिले नै सानैमा स्याउ झरेको उहाँले बताउनुभयो ।

जग्गा थपेर ७ हजार स्याउका बिरुवा थप्ने योजना रहेको उहाँले बताउनुभयो । यसैगरी स्याउका बिरुवा तथा फल जङ्गली जनावरबाट जोगाउन १५ सय मिटर तार जाली लगाइएको छ । असिनाबाट जोगाउनका लागि थप जाली लगाइने उहाँको भनाइ छ । इटली र स्पेन लगायतका देशमा पाइने फुजी स्याउको बिरुवा नेपालमा पाइने बिरुवा भन्दा महँगो पर्छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...