अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

 

 

  असोज २, काठमाण्डाै - एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा सुरु हुनेछ ।

हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त टिम तयार पारेकाले राम्रो नतिजा आउनेमा ढुक्क रहेको बताएका छन् । छनोट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । छनोट अघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेकोमा एकमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...