अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आईपीएलका बाँकी खेल आजदेखि

 

 

  असोज ३,काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ ।

कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

यसअघिको खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो । चेन्नई ७ खेलमा १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अङ्क छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...