अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

माओवादी एमालेकरण हुँदै गयो : प्रचण्ड

 

  असोज ४, काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ।

सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताउनुभएको हो ।

उहाँले नेकपा माओवादी केन्द्रमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताका जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताउनु भयो ।

उहाँले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र आफूहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेकाे बताउनुभयो । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरङ्कुशता थाहा पाए पनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताउनुभयो ।

उहाँले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष दाहालले थोरै मेहनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गर्नुभयो ।  उहाँले माओवादी केन्द्रले मात्रै साँचो अर्थमा समाजवादी क्रान्तिको रणनीतिमा देशलाई अघि बढाउन सक्ने दाबी गर्नुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...