अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

दशैँको मुखमा चर्को मूल्यवृद्धि : चामल बोरामा ५० र तेल लिटरमै १ सय रुपैयाँ बढ्यो

news

 

 

  असोज ४, टोखामा बस्दै आउनुभएकी धादिङकी रीता ढकाल नजिकैको पसलमा तेल, चिनी लगायतका सामान किन्न जाँदा भाउ सुनेर झसङ्ग हुनुभयो । दशैँमा घर जाँदा उहाँले काठमाण्डौबाट नै तेल, जिरा, चिनी चिउरा  लगायतका सामान लैजाने गर्नुभएको छ । उहाँले घटस्थापना भन्दा एक, दुई दिनअघि नै घर जाने योजना बनाउनुभएको छ । त्यही भएर अहिले नै सामान किन्नका लागि उहाँ नजिकैको पसलमा पुग्नुभएको हो । 

कोरोनाका कारण पोहोर दशैँमा घर नजानुभएकी उहाँ यसपालि घर जाने उत्साहमा सामान किन्न पसलमा पुग्नुभएको थियो । भाउ सुनेपछि उहाँको उत्साह एकैछिनमा निराशामा परिणत भयो । उहाँले आक्रोश पोख्नुभयो ‘सामानको भाउ पनि के साह्रो बढेको ?’

‘एक, डेढ हप्तामै चामल, तोरीको तेल, सूर्यमुखी तेल, दाल सबैको भाउ छोइनसक्नु भइसकेछ । चामल बोरामा ५० रुपैयाँ बढेको छ । लिटरमै एक सय रुपैयाँ बढेर सूर्यमुखी तेल  प्रतिकार्टुन २४ सय ५०, भटमास २३ सय ५० र तोरी २१ सय ५० रुपैयाँ  पुगिसकेछ । सबै खालका दालको भाउ पनि किलोमा १० रुपैयाँको दरले बढिसकेछ । चिनी किलोको ९५ देखि १ सय रुपैयाँ  पुगिसकेछ’  उहाँले एकैपटक सुनाउनुभयो । 

कैलाली घर भइ कीर्तिपुरमा बस्दै आएका राजेश थारु पनि चाडपर्व सुरु हुने बित्तिक्कै तरकारी लगायतका खाद्य वस्तुको भाउ बढ्न थालेको भन्दै दुखेसो पोख्नुुहुन्छ । उहाँ भन्नुहुन्छ ‘हरेक वर्षको चाडपर्वमा खाद्यान्न, गेडागुडी र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको भाउ बढ्छ । तर कोरोनाका कारण आम्दानी झन् घट्दै गएको छ।’

सरकारले छुट र राहतको पसल सञ्चालन गरे पनि पायक नपरेकाले टाढा जाँदा  पसलमा भन्दा महँगो पर्ने उहाँले बताउनुभयो । ‘सरकारले सुपथ मूल्य पसल सञ्चालन गरे पनि घर पायक पर्नेलाई त केही राहत होला, अरुलाई त के नै अर्थ भयो र ?’ उहाँले भन्नुभयो । 

दशैँ नजिकिँदै गर्दा बजारमा किनमेलको घुइँचो बढेको छ । सबैभन्दा धेरै खपत हुने चामल, दाल, तेल, चिनी लगायतको मूल्य आकाशिन थालिसकेको छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...