अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

आज विश्व अल्जाइमर्स दिवस ‘विस्मृतिलाई चिनौँ, अल्जाइमर्सलाई जानौँ’ भन्ने नाराका साथ मनाइँदै

news

असोज ५,काठमाण्डाै - आज विश्व अल्जाइमर्स दिवस ‘विस्मृतिलाई चिनौँ, अल्जाइमर्सलाई जानौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई  बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट संसारभरका लाखौँ मानिस पीडित छन् ।

यो रोग लागे पछि बिस्तारै बिस्तारै मस्तिष्कका कोषहरु मर्दै जान्छन् । जसका कारण बिस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ । यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ।

६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ । अल्जाइमर्स सम्बन्धी एक अध्ययन अनुसार विश्वमा हरेक ३ सेकेण्डमा १ जनालाई यो रोग लागेको हुन्छ । मृत्युको कारणहरू मध्ये यो रोग सातौँ कारण हो ।

पछिल्लो समय यो रोग लाग्नेको सङ्ख्या बढ्दै गएकाले अल्जाइमर्स हुनेको सङ्ख्या सन् २०५० सम्ममा झण्डै १५ करोड २० लाख पुग्ने अनुमान गरिएको छ । यो रोग लाग्न नदिन सन्तुलित खानपान, स्वास्थ्य परीक्षण, योग, ध्यान, व्यायाम र मनोपरामर्शमा विशेष ध्यान दिनु पर्दछ ।

भिटामिन 'बी' नियमित सेवन गरे, डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या समाधान गरे, लागू औषधको प्रयोग र जाँड रक्सी खान छोडे यो रोग लाग्ने जोखिम कम हुन्छ । सरकारले यो रोगबाट पीडित भएकाहरुलाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता गर्दै आएको छ ।

यस्तै, संशोधित नीति तथा कार्यक्रममा औषधि उपचारका लागि थप मासिक पाँच हजार रुपैयाँ सहायता दिने व्यवस्था पनि गरिएको छ । सन् १९९४ देखि हरेक वर्ष सेप्टेम्बर २१ तारिखदेखि विश्व अल्जाइमर्स दिवस मनाउन सुरु भएको हो । 

के हो अल्जाइमर्स ?

अल्जाइमर्स मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरण शक्ति, चिन्तन, वरिपरि भइरहेका गतिविधिहरू प्रतिको जागरूकता, हिसाब किताब, नयाँ कुरा सिक्ने क्षमता, विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मा उत्साह कमी हुँदै जाने रोग हो । 

यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । ६५ वर्षमाथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...