अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

राष्ट्रिय सभाबाट पारित भयाे विनियोजन विधेयक

 

 

  असोज ७,काठमाण्डाै – राष्ट्रिय सभाको आज बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेकाे छ ।

बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

बैठकमा सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुखले नेकपा एमालेले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको काम–कारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । 

राष्ट्रिय सभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...