अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

कांग्रेस अधिवेशन : आज ६४ जिल्लाका पालिकामा हुँदै

news

 

 

 असोज ९ काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शनिबार) ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ ।वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।

काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ गते हुनेछ । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको थियो ।पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गते हुनेछ ।

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...