अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेप्से ५० अङ्कले बढ्यो, ५ अर्ब २ करोड रुपैयाँको कारोबार

 

 

  असोज १३, काठमाण्डाै – तीन दिनदेखि लगातार घटिरहेको शेयर बजार आज बुधवार भने बढेको छ । नेप्से आज ५० दशमलव ५८ अङ्कले बढेर दुई हजार ६ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । दुई सय २९ कम्पनीको शेयर कारोबार भएकोमा २१ वटा कम्पनीको शेयर मात्रै घटेको छ ।

आज अपी पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि मेगा बैंक र युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ९८ लाख ९४ हजार कित्ता शेयर पाँच अर्ब २८ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...