अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कांग्रेस महाधिवेशन : सभापतिको उम्मेदवार टुंग्याउन दुवै पक्ष आन्तरिक छलफलमा

news

 

मंसिर २२,काठमाण्डाै – सभापतिसहित पदाधिकारीको उम्मेदवार चयन गर्न कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएको छ भने पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लागेको छैन । 

संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, एनपी साउद, विश्वप्रकाश शर्मा र रमेश लेखकले दावी गरेका छन् । सहमहामन्त्रीमा खस–आर्य, महिला, दलित, मधेशी र आदिवासी जनजातीतर्फका पदमा आकांक्षीको संख्या धेरै छ । 

यस्तै सभापतिको साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पनि बस्दैछ । पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महामन्त्री डा. शशांक कोइरालाले भने सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसक्नुभएको छ । पौडेल समूहबाट पदाधिकारीका उम्मेदवारको पनि टुंगो लागेको छैन ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...