अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

'ए' डिभिजन लिग : सातदाेबाटाे र एनआरटी तथा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब खेल्दै

news

 

  मंसिर २५,काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिगको चौथो चरणको दोस्रो खेलमा आज दुई खेल हुँदैछन् ।

आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् ।

दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी खेल्नेछन् ।

यस्तै बेलुकी पौने ५ बजे हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लब खेल्नेछन् ।

सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने एनआरटी दुई अङ्क जोडेर तालिकाकाे ११ औँ स्थानमा रहेको छ । यस्तै, हिमालयन शेर्पा ३ खेलमा दुई अङ्क जोडेर १० औं स्थानमा रहँदा  मच्छिन्द्र ७ अङ्कसहित चौथो स्थानमा छ । 

यसअघि हिजो भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्सलाई २–० ले हराएको थियो भने त्रिभुवन आर्मी क्लबले  च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...