अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक

news

 

 

पुस ३, काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ ।

बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ ।

नेपालले पहिलो खेलमा आयोजक बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । बङ्गलादेशको पनि तीन खेलमा सात अङ्क छ । नेपालले भोलि भारतसँग खेल्नेछ । भारतको तीन खेलमा ६ अङ्क छ ।

भोलि भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भुटान, भारत र श्रीलङ्का सहभागी छन् । फाइनलमा पुग्ने शीर्ष दुई टोलीले उपाधिका लागि ६ गते मङ्गलवार खेल्नेछन् । सन् २०१८ मा भएको च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...