अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा घट्यो : चिसो अझै बढ्न सक्ने

news

 

पुस ३,काठमाण्डाै - काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार आज काठमाण्डौको अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ ।

अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । तर दिउँसो भने काठमाण्डौसहित धेरै ठाउँमा घाम लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...