अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पाल्पा अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

news

 

 पुस २१, पाल्पा – जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि  अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ । 

निमित्त मेडिकल सुपरिटेण्डेण्ट सहित ६ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना ल्याब टेक्निसियन र एक जना पारामेडिक्स सहित ९ जनामा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार अस्पतालबाट प्रदान हुने आपतकालीन, प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतन र बीमा रिफर बाहेकका अन्य चिकित्सकीय सेवाहरु अर्को व्यवस्था नभएसम्मका लागि  स्थगित गरिएको हो ।  

१० जना कर्मचारीमा गरिएको पीसीआर टेष्टमा ९ जनामा कोरोना संक्रमण  पुष्टि भएको अस्पताल प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...