अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

news

 

पुस २२, काठमाण्डाै - उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेकाे छ ।

उत्तर कोरियाले हिजो जापानको समुद्री तट नजिकै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । पछिल्लो परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान र अमेरिकाले आपत्ति जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

आफूमाथि लागेका प्रतिबन्ध हटेमात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले बताउँदै आएको छ । आणविक परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान, अमेरिकाले आणविक होड त्याग्ने उत्तर कोरियाले आफ्नो पूर्ववत् प्रतिबद्धता उलङ्घन गरेको टिप्पणी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले हिजो बिहान परीक्षण गरेको क्षेप्यास्त्र झण्डै पाँच सय किलोमिटर उडेको थियो । उत्तर काेरियाले गरेको यो परीक्षण यस वर्षको पहिलो आणविक परीक्षण हो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...