अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्याे

news

 

  पुस २३, काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलाको १२ सय ३५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय भाउ अनुसार हरेक दिन सुनचाँदीको भाउ निर्धारण गर्ने गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...