अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

पोखरामा हुने क्लब च्याम्पियनसिप महिला–पुरुष राष्ट्रिय भलिबलको तयारी पूरा

 पुस २५, 

काठमाण्डाै - पोखरामामा हुने दोस्रो संस्करणको ‘क्लब च्याम्पियनसिप महिला–पुरुष भलिबल प्रतियोगिता’को तयारी पूरा भएको छ ।

प्रतियोगिता भोलिदेखि माघ १ गतेसम्म पोखरा रङ्गशालाको भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसहित न्यु डायमन्ड एकेडेमी र आयोजक पोखराको टोली सहभागी हुँदैछन् ।

त्यस्तै पुरुषतर्फ विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेशको टोली सहभागिता हुनेछ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा भोलि पुरुषतर्फ गण्डकी प्रदेश र एपीएफ क्लब खेल्नेछन् ।

प्रतियोगिताको महिला तथा पुरुष विजेताले ट्रफिसहित तीन–तीन लाख, उपविजेताले एक लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्।

 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...