अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

काठमाण्डौ र ललितपुरका बालबालिकालाई आजदेखि खोप

news

 

पुस २७,काठमाण्डाै - काठमाण्डौ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइँदैछ ।

भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन सुरु भए पनि काठमाण्डौ र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो ।

आजदेखि विद्यालय बन्द गर्ने सरकारले निर्णय गरे पनि बालबालिकाका लागि विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको छ ।

पालिकाहरुले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका छन् । काठमाण्डौमा मात्रै करिब दुई लाख ७० हजार बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । सरकारले तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ ।

यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्नाको पहिलो खोप दिइएको छ । काठमाण्डौ उपत्यकासहित बाँकी २० जिल्लामा फाइजर खोप दिने भनिए पनि सरकारले अहिलेलाई काठमाण्डौ र ललितपुरमा मात्र फाइजर खोप दिन लागेको हो । काभ्रेमा पनि बालबालिकालाई खोप दिन सुरु भएको छ ।

चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा पनि बालबालिकालाई छिटै खोप लगाइने सरकारले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...