अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई काेराेना खोप दिन सिफारिस

news

 

माघ १,नर्वेमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरूद्धको खोप लगाउन पाइने भएको छ ।

सरकारी अधिकारीले नै यो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने भन्दै सिफारिस गरेका हुन्।

नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइँदै आएको अधिकारीले जानकारी दिएका छन् । त्यहाँका स्वास्थ्य मन्त्री इङभील्ड जेर्कोलकाअनुसार सबै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन ।

निश्चित समूहका बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले दीर्घरोगी र जटिल स्वास्थ्य समस्या भएका अभिभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका देशमा जाने बालबालिकालाई खोप नलगाउन सुझाव दिइएको बताउनु भएको छ ।

नर्वेका धेरैजसो नागरिकले खोपको दुवै मात्रा लगाइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...