समाचार
युक्रेनबारे गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखद्वारा राजीनामा
जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् ।
युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मन जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका बीबीसीले जनाएको छ ।
उहाँले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताउनु भएको थियो । उहाँको यो अभिव्यक्तिको तीव्र आलोचना भए पछि राजिनामा दिनु भएको हो ।
यसैबीच, अमेरिका र बेलायतसहितका पश्चिमा राष्ट्रले रुसले युक्रेनमा आक्रमण गर्नसक्ने बताउँदै आएका छन् ।
रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ । रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ । पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमनको तयारी भनेका छन् । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।