अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

एमडी र एमएस प्रवेश परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

news

 

माघ १०,काठमाण्डाै - चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसरी पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत बिहारका शशिभूषण सिंह र भारत बिहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीमा रहेकाे परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको हो ।

ब्युरोले एक सूचना जारी गरी यस परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, बिचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवम् परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जनाइएको छ ।

उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...