अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनमा आज मनाङ र आर्मी खेल्दै

news

 

 माघ १३, काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी  क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो साढे दुई बजे हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई हराएर र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी अन्तिम चारमा पुगेको हो ।

आजको विजेताले पर्सि शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराएर एपीएफ उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...