अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको रुसको आरोप

news

 

माघ १५,रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग सङ्गठन नाटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको आरोप लगाउनु भएको बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन युक्रेनलगायत पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको थियो । रुसले पछिल्लो तनाव समाधान हुने सम्भावना निकै कम रहेको समेत प्रतिक्रिया दिएको छ ।

अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना निकै कम भएको रुसको भनाइ छ । रुसले सैन्य गठबन्धन नाटोमा युक्रेन समावेश हुन नहुने माग गरेको छ । तर अमेरिकाले भने यो माग अस्वीकार गरेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...