अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अफगानिस्तानका पूर्व अधिकारीले भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न प्रस्ताव

news

 

  माघ १६, संयुक्त राष्ट्र सङ्घको अफगानिस्तान मिसनले अफगानिस्तानका पूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ ।

टोलो न्युजले स्थानीय अधिकारीलाई उदृत गर्दै लेखेको छ, 'अफगान नागरिकहरूले नेसेर अहमद फैकको प्रस्तावको प्रशंसा गरेका छन् । अफगानिस्तानका धेरैजसो पूर्व सरकारी अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेका र अहिले देशमा आर्थिक सङ्कट रहेका समय विदेशमा विलासी जीवन बिताइरहेका छन् ।'

अफगानिस्तानमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा नेसेर अहमद फाइकले भन्नुभयो, 'म अफगानिस्तानमा यस पहिले भ्रष्टाचार र अन्तर्राष्ट्रिय सहायताको दुरुपयोग गर्दै भूतपूर्व सरकारी अधिकारीहरूको विदेशी खातामा अवैध रूपमा जम्मा गरिएका सबै अफगान सम्पत्ति जफत गर्न अनुरोध गर्छु ।'

'तिनीहरूलाई जवाफदेही ठहराउनै पर्छ । २८ लाख मानिसहरू भोकभोकै छन् र आमाहरू बाँच्नैका लागि आफ्ना छोराछोरीलाई बेच्ने गरेका भनाइहरू बाहिरिएका छन्, यो उचित होइन । तर भ्रष्ट पूर्व सरकारी अधिकारीहरू युरोप र अमेरिकाका विभिन्न देशहरूमा विलासी घर तथा भवनहरूमा बस्छन्' उहाँले भन्नुभयो ।

भ्रष्ट पूर्व अधिकारीहरूलाई शरण नदिन अन्तर्राष्ट्रिय समुदायलाई उहाँको आग्रह छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...