अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

सेनेगल अफ्रिकन कप अफ नेसन्सको फाइनलमा

news

 

 

  माघ २०,सेनेगल अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो ।

सेनेगलका अब्डोउ डियालो, इद्रिसा गुए र साडियो मानेले एक/एक गोल गरे । बुर्किना फासोका ब्लाटी टोरेले एक गोल फर्काए ।

सेनेगल तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको हो । अब सेनेगलले उपाधिका लागि क्यामरुन र इजिप्टबीचको विजेता टोलीसँग खेल्नेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...