अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने, पर्सिदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पर्ने अनुमान

news

 

 माघ २४, काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ ।

अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसाे घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

आज र भोलि मौसम सामान्यतया सफा नै रहे पनि पर्सिदेखि फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।

उहाँकाअनुसार पर्सि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

बिहीवार भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा समेत पर्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...