अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

खोपको विवरण आज बेलुकासम्म बुझाइसक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

news

 

  माघ २६, काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रुपमा खोपको विवरण बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले आज बेलुकासम्म विवरण बुझाउन भनेको छ । 

यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए । तर ६ वटा जिल्ला तथा १ सय ९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि मन्त्रालयले पुन: सूचना जारी गरेको हो । 

खोपको मात्राको विवरण नपठाएका निकायलाई आज कार्यालय समयभित्र अनिवार्य रुपमा पठाउन भनिएको छ । खोपको अभिलेख राख्नका लागि गएको माघ १६ गते स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...