अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हट्यो, वर्षा हुने अर्को प्रणाली नआए गर्मी बढ्ने

news

 

 माघ २७,काठमाण्डाै - पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालबाट हटेको छ ।

यो प्रणालीका कारण हिजो पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको थियोे । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हटेकाले अब केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

हिजो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा भएको थियो । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । अब वर्षा र हिमपात हुने अर्को प्रणाली नआए गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् । अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

तराईका जिल्लाका केही ठाउँमा हुस्सु, कुहिरो छ । तर, बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...