अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

टर्कीका राष्ट्रपति झण्डै एक दशकपछि यूएईको भ्रमणमा

news

 

फागुन ३, टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गर्नुभएको छ ।

झण्डै एक दशकपछि टर्कीका राष्ट्रपतिले यूएई भ्रमण गरेकाले यो भ्रमणलाई निक्कै महत्त्वका साथ हेरिएको छ ।

दुई दिने भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्ने समाचार संस्था एएफपीले जनाएको छ ।

अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउन ठूलो सहयोग हुने विश्वास लिएको र दुई देशको सम्बन्धमा नयाँ युग सुरु हुने राष्ट्रपति एर्दोगानले बताउनुभएको छ ।

टर्कीको उच्चस्तरीय सरकारी टोलीले यसअघि सन् २०१३ मा यूएईको भ्रमण गरेको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...