अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई वटा खेल हुँदै

news

 

फागुन ५, काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् ।

खेल दिउँसो १ बजे सुरु हुनेछ । मनाङ १० खेलमा २० अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलमा एपीएफ ११ अङ्क जोडेर नवौँ स्थानमा छ । त्यस्तै अर्को खेलमा न्युरोड टिम एनआरटी र सङ्कटा क्लब खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुनेछ ।

एनआरटी १० खेलमा १४ अङ्क जोडेर सातौँ स्थानमा छ । समान खेलमा सङ्कटा १५ अङ्कसहित पाँचौँ स्थानमा छ । लिगको उपाधि भने मच्छिन्द्र क्लबले जितिसकेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...