अहिले तरंगमा

केहि छिनमा

समाचार

अस्ट्रेलियामा कोरोना विरुद्धको खोपको पूर्णमात्रा लगाएका विदेशी यात्रुलाई प्रवेशमा अनुमति

news

 

फागुन ९,  अस्ट्रेलियाले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुलाई प्रवेशमा अनुमति दिएको छ ।

आज अस्ट्रेलियामा ५० वटाभन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो । अब खोपको पूर्णमात्रा लगाएका यात्रुहरू क्वरेण्टीनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ ।

अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद खबर रहेको बताएका बीबीसीले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...