अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आफ्नो देशमा आक्रमण गर्ने योजनालाई रुसले अनुमोदन गरेको युक्रेनको प्रतिक्रिया

news

 

फागुन १२, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताउनुभयो । वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको उहाँको भनाइ छ ।

टेलिभिजन सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपतिले आफूहरु शान्तिकै पक्षमा रहेको बताउनुभएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएलगत्तै युक्रेनमा सङ्कटकालको घोषणा गरिएको छ ।

युक्रेनले आफ्ना नागरिकलाई रुस छाड्न पनि आह्वान गरेको छ । रुसी राष्ट्रपति पुटिनले पनि टेलिभिजन सम्बोधनमा रुस र रुसी नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ । रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायःद्वीपलाई आफ्नो पकडमा लिएको र पूर्वी डोनबास क्षेत्रको विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि तनाव पुनः चर्केको हो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...