अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

युक्रेनमाथि भएको आक्रमणको विरोधमा रुसमा प्रदर्शन, १७ सय प्रदर्शनकारी पक्राउ

news

 

फागुन १३, आज दोस्रो दिन पनि रुसले युक्रेनमा आक्रमणलाई निरन्तरता दिएको छ । राजधानी किभमा कयौँ पटक विस्फोट भइरहेको बिबिसीले जनाएको छ ।

यसैबीच, युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमा विरोध प्रदर्शन भइरहेको छ । राजधानी मस्को, सेन्ट टिर्सवर्गलगायत ठाउँमा हजारौँ नागरिक विरोध प्रदर्शनमा उत्रिएका बीबीसीले जनाएको छ । प्रहरीले अहिलेसम्म १७ सय प्रदर्शनकारीलाई पक्राउ गरेको खबरमा उल्लेख गरिएको छ ।

यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले सेनाको परिचालनको आदेश दिनुभएको छ । रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आमरूपमा सेना परिचालनको आदेश दिनुभएको हो । एक भिडियो सन्देशमार्फत उहाँले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताउनु भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...