अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

युक्रेन रुससँग वार्ताका लागि तयार, युक्रेनी प्रतिनिधिमण्डलको सुरक्षाको जिम्मा बेलारुसलाई

news

 

फागुन १६, युक्रेनले रुससँग वार्ताका  लागि  तयार रहेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ता प्रस्ताव स्वीकार गर्नुभएको हो ।यसअघि  उहाँले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गर्नुभएको  थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वार्ता गर्न तयार हुनुभएको हो । युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो वार्ता टोली पठाउन तयार भएका बेलारूसी राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकासेन्कोबीच टेलिफोनमा कुराकानी भएको हो । बेलारुसले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फर्कने क्रममा बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिने भएको छ ।

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।

रुसको मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको बीबीसीले जनाएको छ । रुसको आक्रमणमा परेर युक्रेनमा १४ बालबालिकासहित ३ सय ५२ जनाको ज्यान गएको छ ।

बालबालिकासहित १६ सयभन्दा धेरै घाइते भएका छन् भने तीन लाख ७० हजार भागेर विदेशको शरणमा पुगेका खबरमा उल्लेख गरिएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...