अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तराई र चुरे क्षेत्रमा गर्मी धेरै, गर्मीबाट जोगिन मौसमविद्को सुझाव

news

 

 फागुन २३,  काठमाण्डाै - देशभर गर्मी बढ्दो छ । पहाडी जिल्लाको तुलनामा अहिले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मी धेरै हुन थालेकाले गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

चुरे र तराईका जिल्लामा अधिकतम तापक्रम ३० देखि ३१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । दीपायल, नेपालगञ्ज, विराटनगर, भैरहवा, धरान, जनकपुर लगायत क्षेत्रमा तापक्रम बढ्दो छ ।

गर्मी महिना भर्खरै सुरु भएकाले  यी क्षेत्रसहित देशभर नै अब तापक्रम बढ्दै जानेछ । गर्मीबाट बच्न दिउँसाेको टन्टलापुर घाममा नहिँड्न र प्रशस्त पानी पिउन स्वास्थ्य विज्ञले सुझाव दिने गरेका छन् ।

यस्तै, आज पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, सुदूरपश्चि र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...