अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कांग्रेसको १६ जिल्लामा भइरहेकाे अधिवेशनमध्ये आठ जिल्लामा सभापति चयन

news

 

फागुन २३,  काठमाण्डाै - नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् ।

निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा शेखर कोइराला समूहका छन् । चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर कोइराला समूहका उम्मेदवार विजयी भएका हुन् ।

चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा महेन्द्रध्वज जीसी विजयी भएका छन् । यस्तै संस्थापन समूहबाट कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा, पर्सामा जनार्दनसिंह क्षेत्री र महोत्तरीमा नागेश्वर यादव विजयी भएका हुुन् ।

कांग्रेसको १४औँ महाधिवेशनअघि नै जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको हुनसकेको थिएन । अब सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन बाँकी छ । अहिलेसम्म ६९ जिल्लाको अधिवेशन सकिँदा ३७ जिल्लामा संस्थापन र ३२ जिल्लामा शेखर पक्षका सभापति चयन भएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...