अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

रुसी सेनाका एक उच्च कमाण्डर मारिएको युक्रेनको दाबी

news

 

फागुन २४,  युक्रेनको खार्किभमा भएको आक्रमणमा रुसी सेनाका एक उच्च कमाण्डर मारिएका युक्रेनले दाबी गरेको छ ।

रुसी सेनाका मेजर जनरल भिटाली गेरासिमोभ खार्किभ नजिकै भएको युद्धमा मारिएका युक्रेनको रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर एजेन्सीले जनाएको हो । तर युक्रेनको दाबीमा अहिलेसम्म रुसले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

खार्किभ युक्रेनको दोस्रो ठूलो सहर मानिन्छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज १३औँ दिन हो । गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण हुँदै आएको छ । रुसले गरेको आक्रमणको युक्रेनका सैनिकले प्रतिरक्षा गर्दै आएका छन् । रुस र युक्रेनबीच भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...