अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

इन्धनको मूल्य फेरि वृद्धि ः खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

news

 
  चैत २३,नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ ।
 
खाना पकाउने ग्यासको मूल्य यसअघि १५ सय ७५ रुपैयाँ रहेको थियो । आयल निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...