अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

श्रीलङ्कामा ४१ सांसदद्वारा गठबन्धन छाड्ने घोषणा, समर्थन फिर्तासँगै सरकार सङ्कटमा

news

 

 चैत २३, श्रीलङ्कामा सत्तारुढ दलकासहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ ।

उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । गोटावायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।

सन् २०१९ मा भएको चुनावमा सत्तारुढ गठबन्धन एक सय ४५ सिटमा विजयी भएको थियो । संसदमा दुई सय २५ सदस्य छन् । आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा राष्ट्रपति राजापक्षको राजीनामा माग्दै प्रदर्शन भइरहेका छन् ।

राष्ट्रपति गोटावायले प्रतिपक्षी दललाई राष्ट्रिय सरकारका लागि आह्वान गरी मन्त्रिपरिषदमा आउन आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री अली सब्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

विदेशी मुद्राको सञ्चिति नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...