अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

news

  बैशाख २०, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा गरी चार पटक नेपालको भ्रमण गर्नुभएको थियो । सन् २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका मोदीले समय अभावका कारण लुम्बिनीको भ्रमण स्थगित गर्नुभएको थियो । सन् २०१५ मा नाकाबन्दी र त्यसपछि सन् २०१९ मा सीमा विवादका कारण दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।

यो भ्रमणबाट बुद्धको जन्मस्थललाई लिएर उत्पन्न विवादलाई पनि मत्थर पार्ने अपेक्षा गरिएको द हिन्दुले लेखेको छ । मोदी अहिले तीन दिने भ्रमणका क्रममा युरोपमा हुनुहुन्छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...